वीरगञ्जमा लागुऔषध चरेशसहित दुई पक्राउ

भक्तपुर न्यूज

२ असार २०७६ १०:२६

वीरगञ्जमा लागुऔषध चरेशसहित दुई पक्राउ

काठमाडौँ । प्रहरीले वीरगञ्जमा लागुऔषध चरेशसहित दुईजनालाई पक्राउ गरेको छ ।

पर्साको छिपरमाई गाउँपालिका वडा नम्बर ५ भिष्वा बस्ने ३२ वर्षका ईम्तियाज आलम र बारा शीतलपुर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैयामा डेरा गरी बस्ने ३० वर्षका मना खातुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी ईनर्वा र लागुऔषध ब्युरो शाखा कार्यालय बीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा जाँच गर्ने क्रममा उनीहरुलाई चरेशसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

घण्टाघरबाट भारतको रक्सौलतर्फ बि आर २२ एल ८२५५ नम्बरको भारतीय मोटरसाईकलमा चढेर जानेक्रममा उनीहरु दुवैजनाको साथबाट प्रहरीले पाँच किलो चरेश बरामद गरेको छ । रासस

प्रकाशित मितिः २०७६ असार २ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *