धापासीमा ‘स्वीमिङ पुल’मा डुुबेर एक जनाको मृत्यु
काठमाडौँ । २ जेठ, काठमाडौं । टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार नेचर क्लबमा रहेको ‘स्वीमिङ पुल’मा डुबेर आइतबार अपरान्ह ४ बजे उनी गम्भीर घाइते भएका थिए ।
प्रहरीले अहिले मृतकको परिचय पत्ता लगाउनका लागि विभिन्न प्रहरी युनिटमा हुलिया परिपत्र गरेको छ ।
‘हामीले वडा कार्यालयमा पनि भनेका छौं । चप्पल लगाएर आएको देखिएपछि नजिकैको व्यक्ति हुनुपर्छ भन्ने हाम्रो अनुमान हो’, उनले थपे, ‘तर, अहिलेसम्म घरबाट हराएको भनेर प्रहरी कहाँ कोही आएका छैनन् ।’
मृतकको सनाखत भएपछि मात्रै पोष्टमार्टम सुरु हुनेछ । त्यसपछि मृत्युको कारणबारे खुल्ने प्रहरीले जनाएको छ ।
घटनाको विभिन्न पाटोबाट विस्तृत अनुसन्धान भइरहेको प्रसाईंले बताए ।
प्रकाशित मितिः २०७६ असार २ सोमबार