युवकको पेटबाट ५० भन्दा बढी सामानहरु निकालियो

भक्तपुर न्यूज

२ असार २०७६ ८:०५

युवकको पेटबाट ५० भन्दा बढी सामानहरु निकालियो

काठमाडौँ । भारतमा एक युवकको पेटबाट डाक्टरहरुले ५० भन्दा बढी सामानहरु निकालेका छन् ।

पेट दुख्यो भन्दै अस्पताल आएका २४ बर्षीया युवाको पेटबाट अप्रेशन गरेर चाबी, नङ काट्न प्रयोग गरिने मेशिन, ढक्की पैसा सिक्का, माला, औठी लगायतका सामान निकालिएको हो । ति युवा केही दिन अघि भारतको राजस्थानस्थित एक अस्पतालमा जचाँउन आएका थिए ।

डाक्टरहरुले जाँच गर्नेक्रममा उनको पेटमा केही सामान छ भनेर अनुमान गरेका थिए। र अप्रेशन गर्नु पर्ने बताएका थिए । डाक्टरकै सल्लाह अनुसार अप्रेशन गर्दा उनको पेटमा विभिन्न सामाग्रीहरु भेटिएको हो । अप्रेशनमा संलग्न डाक्टरका अनुसार ति युवाले लागुऔषध प्रयोग गर्ने गरेकोले नसा लागेको बेला आवेगमा आएर विभिनन सामग्री निलेको हुनसक्ने अनुमान गरिको छ ।

उनको करिब साढे एक घण्टा लगाएर अप्रशन गरिएको थियो । अस्पतालमा उनले पेट दुख्ने, वान्ता हुने र खाना खान मन नलाग्ने जस्ता लक्षण भएको बताउँदै आएका थिए । एजेन्सी

प्रकाशित मितिः २०७६ असार २ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *