भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु

भक्तपुर न्यूज

१ असार २०७६ ९:२१

भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु

काठमाडौं । बाजुरामा शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्यायको गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको जनाइएको छ । उनी वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् ।

प्रकाशित मितिः २०७६ असार १ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *