ट्र्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु

भक्तपुर न्यूज

१ असार २०७६ ७:२०

ट्र्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु

काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनीमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आलिताल गोदामबजारबाट कुर्जेनीगाउँ बालुवा लोड से२त २८५० नं को ट्र्याक्टर दुर्घटना हुँदा आलिताल गाउँपालिका–८ का पदम राना सामान्य घाइते छन् भने चालक धनजीत धामी फरार रहेको आलिताल प्रहरी चौकीका इचार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर धामीले जानकारी दिए। बढी लोडका कारण ट्र्याक्टर दुर्घटना भएको आलिताल प्रहरी चौकीको अनुमान छ।

मृतक शिक्षक दुर्घटनाग्रस्त ट्रयाक्टरमुनि च्यापिएकाले अहिलेसम्म निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए। चालक फरार रहेकाले घटनाबारे विस्तृत जानकारी आउन नसकेको प्रहरीको भनाइ छ।

प्रकाशित मितिः २०७६ असार १ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *