विमानस्थलमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खाेज्ने २ पक्राउ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने नेपाल तरुण दलका कार्यकर्ता रहेको बताएका छन्।
आइतबार युरोप भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका दुई कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार प्रकाउ पर्नेमा तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अन्य एक कार्यकर्ता रहेका छन् ।
भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विवादमा रहेको गुठी विधेयकमा कमजोरी देखिए सच्याउने आश्वासन दिएका छन् ।
प्रकाशित मितिः २०७६ असार १ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३