वडा कार्यालयमा चोरी
राजविरज । सप्तरीको राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा चोरी भएको छ । चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत शुक्रबार राति चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए ।
चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य बराबरको सरसमान चोरेको उहाँले जानकारी दिए । चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः २०७६ जेठ ३२ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
