पत्रकार गेलाङको शव तीन दिनदेखि अस्पतालमै

भक्तपुर न्यूज

३१ जेठ २०७६ ५:१६

पत्रकार  गेलाङको शव तीन दिनदेखि अस्पतालमै

सुर्खेत । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक-सम्पादक नन्दबहादुर गेलाङको शव तीन दिनदेखि अस्पतालमै छ।

गाडी साहु वार्तामा नआएको र प्रतिनिधिका रूपमा खटाइएका मध्यपश्चिम ट्रक तथा ट्र्याक्टर व्यवसायी सङ्घका अध्यक्ष प्रकाश अधिकारीले मृतक पत्रकार गेलाङका आफन्तले माग राखेको क्षतिपूर्ति रकमको जोखिम लिन नमानेपछि शव अस्पतालमै रहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागा‌ईंले जानकारी दिए।

आफन्तले शव बुझ्न नमानेपछि शव परीक्षण हुननसकेको उनले बताए। आज गाडी साहु आउने र घटनाको टुङ्गो लाग्ने उनको भनाइ छ।

पीडितपक्षले बालबालिको पालनपोषण, उनीहरुको शिक्षादीक्षा र रोजगारी सुनिश्चितता गर्नुपर्ने, ३० लाख क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सुर्खेतका संस्थापक अध्यक्ष तथा लेकबेँसी नगरपालिका–७ सुर्खेतका ३८ वर्षीय पत्रकार गेलाङ १५ वर्षयतादेखि रेडियो तथा पत्रपत्रिकामा काम गर्दै आएका थिए।

बुधबार रुकुमबाट छिन्चुतर्फ आइरहेको बा५ख १६८३ नंको टिपरले भे८प ७६०४ नंको मोटरसाइकलमा सवार पत्रकार गेलाङलाई बिहान ११ः४५ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले टिपर चालक कालु भनिने ९सन्तबहादुर राई०लाई बुधबार बेलुका कोहलपुरबाट नियन्त्रणमा लिइसकेको बताएको छ।

काशित मितिः २०७६ जेठ ३१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *