रामेछापमा बस दुर्घटना दुईको मृत्यु

भक्तपुर न्यूज

३१ जेठ २०७६ ५:००

रामेछापमा बस दुर्घटना दुईको मृत्यु

काठमाडौं । काठमाडौंबाट रामेछापका लागि छुटेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा अन्य १३ जना घाइते छन् ।

बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरुको बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।  दुर्घटनाको कारण खुलेको छैन ।

काशित मितिः २०७६ जेठ ३१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *