प्रहरीलाई ५ सय दिने चौधरी पक्राउ

भक्तपुर न्यूज

३० जेठ २०७६ २:२२

प्रहरीलाई ५ सय दिने चौधरी पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका—३२ कोटेश्वर बालकुमारीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक पक्राउ परेका छन् । उदयपुर गाईघाट घर भई काठमाडौं कोटेश्वर बस्ने ३९ वर्षीय आसाराम चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले अव्यबस्थित पार्किङ हटाउने क्रममा स १ ज ४७३ नम्बरको सुमो गाडीको कागजपत्र माग गर्दा गाडीका चालक चौधरीले ५ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

चौधरीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः २०७६ जेठ ३० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *