भारतीय पाँच गाडी पक्राउ गरी कारवाही

भक्तपुर न्यूज

३० जेठ २०७६ १:५८

भारतीय पाँच गाडी पक्राउ गरी कारवाही

दाङ । दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार भारतीय गाडी दाङ आएर व्यावसायिकरूपमा यात्रु ओसारपसार गरिरहेको भन्ने गुनासो व्यापक भएपछि कारवाहीको प्रक्रिया अघि बढाएको हो ।

दाङमा रुट परमिटविनै यात्रु बोक्दै आएको एउटा बोलेरो, चार जिपलाई नियन्त्रण लिई आवश्यक कारवाही थालिएको प्रहरीले जनाएको छ । ट्राफिक अनुसार प्रहरी कार्यालयले रु एक÷एक हजार जरिवाना काटेर थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालय दाङमा पठाएको छ ।

त्यस्ता सवारीसाधनलाई यातायात व्यवस्था कार्यालयले रु पाँच हजारसम्म जरिवाना गर्ने व्यवस्था छ ।

भन्सार अनुमति लिएर निश्चित प्रयोजन र निश्चित समयका लागि मात्रै नेपालमा सञ्चालन हुन पाउने प्रावधान छ ।

प्रकाशित मितिः २०७६ जेठ ३० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *