जबरजस्ती करणी गरेको आरोपमा युवा पक्राउ
रुपन्देही । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा युवा पक्राउ परेका छन् । बुटवल बस्ने ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बुटवल उपमहानगरपालिका—१७ बस्ने ३८ वर्षीय केशव बराललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
गत जेठ २१ गते आफ्नै घरमा बसिरहेकोमा बरालले घर पछाडि लगेर जबरजस्ती करणी गरेको ती महिलाको आरोप छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
