विद्यालयको शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु
दार्चुला । दार्चुलाको एक विद्यालयको शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको हो ।
विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको बताइएको छ । मृत्यु हुनेमा ८ वर्षकी निरुता ठगुन्ना, १० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ९ वर्षका सुदिश धामी रहेका छन् ।
प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
