मेघ गर्जन तथा हावाहुरीसहित वर्षा
काठमाडौं । मुलुकका अधिकांश स्थानमा बुधबार पनि मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पश्चिमी भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी र मध्य भूभागहरूमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।
पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा र पश्चिमी भूभागका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै देशभर बुधबार राति पनि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००