लोकसेवा आयोगको विज्ञापन रद्दगरेपछि विद्यार्थीहरु आन्दोलनमा

भक्तपुर न्यूज

२८ जेठ २०७६ ७:२३

लोकसेवा आयोगको विज्ञापन रद्दगरेपछि विद्यार्थीहरु आन्दोलनमा

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रद्दगरेपछि फाराम भरेका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । आज माइतिघर मण्डलामा उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

‘लोकसेवाको विज्ञापन खारेज गरेर करारमा कार्यकर्ता भर्ती केन्द्र बनाउन पाइदैन’ ‘मनपरी निर्णय गर्न पाइदैन, अराजकता निर्णय ल्याउने राज्य व्यवस्था समिति चाहिदैन’, ‘संवैधानिक निकायमाथिको हस्तक्षेप बन्द गर, हजारौं युवाको भविष्य अन्योलमा पार्न पाइदैन’ जस्ता नाराहरु लगाउँदै आन्दोलन गरेका थिए ।

स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले ९ हजार एक सय ६१ पदमा विज्ञापन मागेको थियो।

प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय