लोकसेवाकाे विज्ञापनविरूद्ध सर्वोच्चमा रिट

भक्तपुर न्यूज

२८ जेठ २०७६ ६:१९

लोकसेवाकाे विज्ञापनविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं ।  स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले निकालेको विज्ञापनविरुद्धमा सर्वौच्च अदालतमा रिट दायर भएको छ । गत जेठ १५ मा लोकसेवाको निकालेको विज्ञापन संविधानको मर्म र भावनाविपरीत भएको भन्दै विज्ञापन रद्द गर्न माग गरिएको हो ।

सोमबार अधिवक्ता विकासकुमार ठाकुरले सर्वौच्चमा रिट दायर गरेका हुन् । रिटमा संघीयताको मर्म र भावना विपरित तथा समानुपातिक समावेशीताको सिद्धान्त विपरित विज्ञापन गरिएको जनाइएको छ । ‘आयोगले संघीयताको मर्म र भावना विपरित तथा समानुपातिक समावेशीताको सिद्धान्त विपरित विज्ञापन गरेको छ ।’

रिटमा अगाडि भनिएको छ, ‘अतः नेपालको संविधान, प्रचलित कानूनको विपरित र सार्वजनिक सरोकारको विषय समेत रहेको तथा उपचारको लागि अर्को प्रभावकारी बाटो नभएकोले मौलिक हक, कानूनी हकको प्रचलनको लागि नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम सम्मानित अदालत समक्ष यो निवेदन चढाएका छौं ।’

आयोगले गत जेठ १५ मा स्थानीय तहको लागि भन्दै नौ हजार एक सय ६१ सिटका लागि विज्ञापन गरेको थियो

प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय