मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ

भक्तपुर न्यूज

२७ जेठ २०७६ २:४१

मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ

काठमाडौं । मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ परेका छन्। सांगीतिक कार्यक्रमका लागि भनी गएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको हो।

‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन्। उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ।

कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयस्थित अध्यागमनको हिरासतमा राखिएको जानकारी आएको नेपाली दूतावासले जनाएको छ।

प्रकाशित मितिः २०७६ जेठ २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय