तनहुँमा एचआइभी संक्रमण हुनेको संख्या बढ्यो
तनहुँ । तनहुँमा एचआइभी संक्रमण हुनेको संख्या बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयले संकलन गरेको तथ्याङकले ३ सय ५० जनामा एचाईभी संक्रमण रहेको देखाएको छ ।
हाल ३ सय ५० मध्ये १ सय ९३ जनताले दमौली अस्पतालमा नियमित उपचार गराएको अस्पतालले जनाएको छ । दमौली अस्पतालको आर्थिक वर्ष २०७५÷७६ को तथ्यांक अनुसार तनहुँमा तीन सय पाँच जना एचाईभी संक्रमित छन् ।
समाजमा नराम्रो दृष्टिले हेर्ने प्रबृतिका कारण संक्रिमत उपचारका लागि नआउने गरेको अस्पतालले जनाएको छ । उपचारका लागि अस्पताल आउने संक्रमितलाई सरकारले दिएको निःशुल्क औषधि दिइने गरिएको छ।
प्रकाशित मितिः २०७६ जेठ २२ बुधवार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
