चिकित्सक संघ ५ हजार प्रमाणपत्र बुझाउने तयारी

भक्तपुर न्यूज

१५ भदौ २०७५ ९:१३

चिकित्सक संघ ५ हजार प्रमाणपत्र बुझाउने तयारी

काठमाडौं । सरकारलाई मुलुकी ऐन संशोधन गर्न १५ दिनको अल्टिमेटम दिएको नेपाल चिकित्सक संघले सरकारबाट सकारात्मक जवाफ नपाएको जनाएको छ। आज सम्मको पन्ध्र दिनको समय सिमा रहेकोमा आज सरकार पक्षबाट सकारात्मका जवाफ नआएको जनाउँदै चिकित्सकहरुको प्रमाण पत्र बुझाउने आन्दोलन गर्ने जनाएको छ ।

माग प्रति सकारात्मक रहेता पनि संसोधनको पक्षमा नदेखिएको भन्दै चिकित्सक संघका महासचिव डा लोचन कार्कीले चिकित्सकहरु प्रमाणपत्र बुझाउने तयारीमा रहेको बताए। उनले ऐन संशोधन प्रस्ताव दर्ता नगरेकाले सरकारमाथि शंका भएको बताए । यस अघिको सहमति कार्यान्वयन नगरेकाले पनि सरकारलाई विश्वास गर्न नसक्ने अवस्था आएकाले गर्छु गर्छु भनेर मात्र कहाँ हुन्छ उहाँहरुले चाहे संशोधन दर्ता गर्न समय लाग्दैन। तर, उहाँहरुले झुलाउने काम गर्नुभयो,ु कार्कीले भने।

सरकारलाई बुझाउन ५ हजार प्रमाणपत्र चिकित्सक संघले संकलन गरिसकेको जनाएको छ। कार्कीले देशभरका १६ शाखाबाट बिहीवार साँझ सम्म ५ हजार प्रमाणपत्र संकलन भएको बताए। प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा बुझाएपछि चिकित्सकले बिरामीको उपचार गर्न मिल्दैन। कार्कीले सरकारलाई ऐन संशोधन गर्न दवाव दिने उद्देश्यले प्रमाणपत्र बुझाउन लागेको बताए। चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघमा ८ हजार चिकित्सक आवद्ध छन्। नेपालमा २२ हजार चिकित्सक छन्।

प्रकाशित मितिः २०७५ भदौ १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय