च्याउ खानाले डिप्रेसनको खतरालाई घटाउने भूमिका खेल्छ
भक्तपुर । हामी दैनिक जीवनमा भान्सामा तरकारीका रूपमा च्याउ खाने गर्छौं । च्याउ पनि खान हुने र नहुने हुन्छन् । विषाक्त च्याउ खानाले दिनहुँ ज्यान जाने गरेको हामीले सुन्दै,पढ्दै आएका छौं । आखिर कस्तो च्याउ खाने, कस्तो नखाने ।
हालै भएको अध्ययनबाट च्याउले डिप्रेसनग्रसित मानिसको उपचारमा विशेष भूमिका हुने तथ्य नै पत्ता लागेको छ । च्याउमा थुप्रै त्यस्ता तत्त्व रहेका हुन्छन्, जसले डिप्रेसनपीडितलाई निकै नै राहत दिन्छ ।
ब्रिटेनको इन्पिरियल कलेजका शोधकर्ताले गरेको एक अध्ययन प्रतिवेदनअनुसासर यसमा भएको गुणले डिप्रेसनको दुस्प्रभावबाट बचाउने भूमिका खेलेको हुन्छ । च्याउमा साइलोसाइबिन नामक तत्त्व रहेको हुन्छ, जसले डिप्रेसनको खतरालाई घटाउन भूमिका खेल्छ ।
त्यसैगरी, डिप्रेसनको सिकार भएकालाई च्याउ खुवाई यसको अनुसन्धान गरिएको थियो । त्यसबाट च्याउमा भएको साइलोसाइबिनले बिरामीको मुड र लक्षणलाई सुधार गर्ने तथ्य पत्ता लागेको थियो ।
त्यसैगरी, यसको प्रयोगले डिप्रेसनको सम्भावनालाई पनि कम गर्ने बताइएको छ । तर, च्याउ खाँदा विष नभएको र विषाक्त कुन भनेर चिन्नु जरुरी पनि हुन्छ ।
प्रकाशित मितिः २०७५ भदौ १४ विहबार
