लसुन स्वास्थ्यका लागि सुन भन्दा पनि लाभकारि

भक्तपुर न्यूज

१३ भदौ २०७५ ६:१६

लसुन स्वास्थ्यका लागि सुन भन्दा पनि लाभकारि

भक्तपुर । लसुनलाई हामीले हाम्रो भान्सामा प्रयोग गर्दै आएका छौँ । लसुनलाई हामी तरकारीको स्वाद बढाउनको लागी मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । लसुनलाई हामी त्यसै खाली पेटमा पनि खान सक्छौं । खाली पेटमा लसुन खानु स्वास्थ्यको हिसाबले निकै लाभदायक मानिन्छ । यसले हाम्रो स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरुलाई निको पार्न मद्धत गर्छ । लसुनको उपयोग कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी अझै पनि हामी मध्ये कतिपयलाई थाहा हुदैन । यसले पुर्याउने फाइदा बारेमा तपाइलाई थाहा भयो भने तपाई लसुन खान कहिलेपनि छुट्टाउनु हुदैन ।

लसुनले हामीलाई पुर्याउने फाइदाहरु यस्ता छन्

१, ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।

२, लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।

३, लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।

४, लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।

५, लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।

६, लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।

७, स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।

प्रकाशित मितिः २०७५ भदौ १३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय