आज सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द

भक्तपुर न्यूज

३ साउन २०७५ ४:२७

आज  सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द

काठमाडौं ३ साउन । जुम्लामा चिकित्सा बिधेकलाई लिएर अनशन बसिरहको डाक्टर गोबिन्द केसीको पक्षमा उत्रिएका नेपाल चिकित्सक संघले आज देशै भरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ ।

संघले आजको बन्द बारे पत्रकार सम्मलेन गरेर हिजो नै जानकारी गराई सकेको थियो । संघका अनुसार आज सरकारी र निजी शिक्षण अस्पतालसहित नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरी दिउँसो १२ बजे माइतिघर मण्डलामा भेला गरिने छ ।

यति गर्दा पनि सरकार संवेदनशील नभए आकस्मिकबाहेका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गरिने संघको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय