विधेयक फिर्ता लिए केसीले पनि आमरण अनसन तोड्ने : गगन
काठमाडौं २ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गरेका छन्।
नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कांग्रेस नेता थापाले सरकारले हाल संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने विश्वास पनि व्यक्त गरे।
उनले थापाले सरकारले वरिष्ठ चिकित्सक केसीलाई वार्ताको नाटक गरेर जबर्जस्ती काठमाडौं ल्याउन चाहेको आरोपसमेत लगाए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
