बलिउड नायिका सोनालीलाई ‘हाई ग्रेड’ क्यान्सर
काठमाडौं २१ असार । बलिउड नायिका सोनाली बेन्द्रेले आफूलाई हाई ग्रेडु क्यान्सर भएको खुलासा गरेकी छन्।४३ वर्षीया सोनालीले सामाजिक सञ्जालमार्फत आफूलाई क्यान्सर भएको जानकारी गराएकी हुन्। उनी हाल न्यु योर्कमा उपचाररत छिन्। आफूलाई सहयोग गर्ने परिवार र साथीभाइलाई धन्यवाद दिँदै उनले यस रोगलाई ुयुद्धुको संज्ञा दिएकी छन्।
रोग लाग्नु आफ्ना लागि आश्चर्यजनक रहेको र कहिल्यै यस्तो होला भनेर नसोचेको उनको भनाइ छ। ुकहिलेकाहीँ जिन्दगीमा नसोचेको कुरा पनि हुँदो रहेछ,ु सोनालीले उल्लेख गरेकी छन्। उनलाई क्यान्सर भएको खबर सार्वजनिक भएपछि करण जोहर र रितेश देशमुखले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। एजेन्सी
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
