अष्ट्रेलियाका नेपाली विद्यार्थीमा डिप्रेसन

भक्तपुर न्यूज

३ जेठ २०७५ ५:४२

अष्ट्रेलियाका नेपाली विद्यार्थीमा डिप्रेसन

सिड्नी । नेपाली विद्यार्थीमा उच्च डिप्रेसन देखिएको छ । यसको रोकथामका लागि अष्ट्रेलिया स्थित नेपाली दूतावासले विद्यार्थीको प्रवाह रोक्न उचित संयन्त्र निर्माण गर्न सुझाव दिएको छ ।  नेपाली विद्यार्थीको अवस्थाका बारेमा परराष्ट्र मन्त्रालयलाई दुतावासले हाले पत्र पठाएको बताइएको छ । दूतावासले नेपाली विद्यार्थीमा अत्यधिक डिप्रेसन, फ्रष्टेशन र स्ट्रेस फेला परेको उल्लेख गरेको छ ।

गर्नु पर्ने काम, हुने कमाई र पढाईका लागि दिनु पर्ने समय जस्ता आवश्यक कुरामा पर्याप्त सूचना विनै विद्यार्थी अष्ट्रेलिया पुगेपछि उनीहरु तनावमा पर्ने गरेको उक्त पत्रमा उल्लेख छ । काम गर्न तोकिएको निश्चित समय सीमा, कम पारिश्रमिक र जीवन यापनका लागि उच्च खर्च जस्ता पक्षले विद्यार्थीलाई धेरै समस्यामा पारेको भन्दै दूतावासले उचित संयन्त्र निर्माण गरेमा नेपाली विद्यार्थीको प्रवाह कम हुने अपेक्षा गरेको छ ।

के कति विद्यार्थी यस्तो समस्यामा छन् भन्ने उल्लेख नगरे पनि दूताबासले पछिल्लो तथ्याङ्कलाई आधार मानेर प्रति वर्ष १० हजार हाराहारी नेपाली विद्यार्थी अष्ट्रेलिया भित्रिने क्रम रहेको उल्लेख गरेको छ ।

विदेश पठाउनु अघिका आवश्यक प्रकृया पुरा गर्नु मात्रै नभई विदेश गए पछि आईपर्ने सवै खाले अवस्थाका बारेमा विद्यार्थी र अभिभावक नै सजग नभए सम्म शिक्षा मन्त्रालयले मात्रै गरेर केही नहुने देखिएको छ ।

त्यसो त विदेशमा जान चाहने विद्यार्थीलाई आवश्यक परामर्श दिन भन्दै खुलेका कन्सल्टेन्सिहरुले उचित सल्लाह नदिदाँ पनि विद्यार्थी कर्मामा पर्ने गरेका छन् । उनीहरुले अनेक तरिकाले विद्यार्थीलाई फकाएर ुकमाउ धन्दाु मात्रै चलाउँदा पनि विद्यार्थीले सही कुरा थाह पाउन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *