खानुहुँदैन यस्ता व्यक्तिले माछाको परिकार

भक्तपुर न्यूज

२१ माघ २०७४ ८:२७

खानुहुँदैन यस्ता व्यक्तिले माछाको परिकार

माछामा ओमेगा-३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । त्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन-डी ले मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ । तर, प्रोटिन पनि धेरै भएमा शरीरलार्इ हानी पुर्‍याउँछ ।

१. माछा खान नजान्नेले

माछा खान नजान्दा यसको काँडाले कतिपयको ज्यानसमेत जान सक्छ । त्यसैले, माछा खान गाह्रो लाग्ने व्यक्तिहरूले सकभर माछा नखाँदै उचित हुन्छ। तर, माछाको परिकार बनाउने तरिकाले पनि काँडाको खतरामा फरक पर्दछ। कुनै-कुनै प्रजातिका माछाको काँडा सजिलै छुट्याएर खान सकिन्छ भने कुनैको काँडा मासुसँगै जमेर बसेको हुन्छ। त्यसैले त्यस्ता माछा खाँदा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

यदि माछाको काँडा घाँटीमा अड्किएमा तुरुन्तै केरा खाँदा राहत पाउन सकिन्छ । लालीगुराँसको फूल चपाएर निल्दा पनि राहत पाउन सकिन्छ।

२. गर्भवती र स्तनपान गराइरहेका महिलाहरूले

माछामा गह्रौँ धातु ‘पारो’ प्रशस्तै पाइन्छ, जुन गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूको लागि हानिकारक हुने गर्दछ। यस्ता महिलाहरूले माछा सेवन गरेमा उनीहरूको शरीरमा पारो थुप्रिँदै जान्छ र बिस्तारै गर्भमा रहेको शिशुमा पनि सर्दछ। जसको कारण जन्मजात खोटी, सुस्त-मनस्थिती तथा अन्य मस्तिष्कसम्बन्धी समस्याबाट ग्रसित शिशुको जन्म हुन सक्दछ। यस्ता शिशुहरू हुर्किँदै गएपनि उनीहरूको सिक्न सक्ने, देख्न सक्ने अनि बोल्न सक्ने क्षमतामा अवराेध अाउँछ ।

खासगरी समुन्द्रमा पाइने माछामा पाराे बढी पाइन्छ । तर नेपालमा पाइने माछामा यो तत्व धेरै हुँदैन।

३. मधुमेह (सुगर) राेगीहरूले

माछाको जात अनुसार तिनीहरूमा पाइने कोलेस्ट्रोलको मात्रामा फरक पर्दछ, तर कुखुरा, बङ्गुर तथा खसीमा भन्दा माछामा बढी कोलेस्ट्रोल पाइन्छ । कोलेस्ट्रोलको अधिक सेवनले सुगर रोग लाग्न सक्दछ। कोलेस्ट्रोलसम्बन्धी अमेरिकामा गरिएको एक खोज अनुसार, १५० भन्दा बढी सुगरको मात्रा भएकाहरूले माछाको सेवन गर्दा उनीहरूको स्थिति अझ गम्भीर हुने गर्दछ। तर १५० भन्दा कम सुगरको मात्रा भएकाहरूलाई भने यसले त्यति बेफाइदा गर्दैन।

४. पत्थरी र हाडजोर्नीको समस्या भएकाहरूले

माछामा प्रशस्तै प्रोटिन पनि पाइन्छ । उपयुक्त मात्रामा प्रोटिनयुक्त खाना शरीरको लागि अत्यावश्यक हुन्छ ।

तर प्रोटिनको अधिक सेवनले अनेकथरीका स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन् । माछामा पाइने कोलेस्ट्रोल र बोसोलाई त शरीरले ऊर्जाको रूपमा परिणत गरी सङ्कलन गरेर राख्न सक्दछ । तर बढी भएको प्रोटिनलाई शरीरले सङ्कलन गरेर राख्न सक्दैन र शरीरले त्यसलाई अनावश्यक तत्व मानी बिसर्जन गर्नतर्फ लाग्दछ। यसरी बिसर्जन हुने क्रममा उक्त प्रोटिनबाट अनेकौँ किसिमका विषाक्तहरू हाम्रो रगतमा मिस्सिन जान्छ, जस्तै; यूरीया, अमोनिया र अमिनो एसिड ।

अधिक प्रोटिन पाइने माछाको सेवन धेरै गरेमा हाम्रो शरीरमा यस्ता नकारात्मक पदार्थहरू थुप्रिँदै जान्छन् र बिस्तारै पत्थरीमा परिणत हुँदै जान्छ। यस्ता पदार्थहरूलाई रगतबाट छान्नको लागि हाम्रो शरीरलाई प्रशस्तै क्याल्सियम अावश्यक पर्दछ, जसकारण शरीरमा क्याल्सियमको कमी हुन गई हाडजोर्नी तथा दाँतसम्बन्धी समस्या उत्पन्न हुन सक्छ ।

त्यसैले पहिल्यैदेखि पत्थरी र हाडजोर्नीको समस्याबाट ग्रसित व्यक्तिहरूले माछाको अधिक सेवन गर्नु हानिकारक हुन जान्छ। बरु त्यसको सट्टा माछाको झाेल पिउन विशेषज्ञहरू सल्लाह दिन्छन् ।

५. पेटको समस्या भएकाहरूले

माछाको मासुमा पचाउन मिल्ने फाइबर र कार्बोहाइड्रेटको अनुपस्थिति हुने हुनाले पेटको समस्या हुनेहरूको लागि माछा हानिकारक हुन जान्छ । यसकाे सेवनले पेटको क्यान्सर समेत हुने विज्ञहरू बताउँछन् ।

६. मोटोपना भएकाहरूले

हुन त माछामा अन्य जनावरहरूमा भन्दा कमै मात्रामा बोसो पाइन्छ । तर कुनै-कुनै प्रजातिका माछा (रहु, सहर, आदि)हरूमा अधिक बोसो भेटिन्छ, जुन मोटोपना हुनेहरूको लागि त्यति उचित नहुने प्रष्टै बुझ्न सकिन्छ।

माथि उल्लेख गरिएका व्यक्तिहरूका लागि माछा हानिकारक हुन्छ नै । माछाको अधिक सेवनले जस्तोसुकै निरोगी व्यक्तिलाई पनि बेफाइदा गर्छ ।  साधारण प्रौढ व्यक्तिले हप्तामा १ चोटि भन्दा बढी माछा सेवन गर्नु अनुचित हुने देखिएको छ । तर यसको मात्रा शरीरको तौल र उचाइ अनुसार पनि फरक पर्दछ। त्यसलगायत ५ वर्षभन्दा मुनिका बालबालिकाहरूलाई २ हप्तामा १ पटक मात्रै माछा खुवाउनु उचित हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय