सञ्चयकोषले व्यक्तिगत बचतको सुविधा दिने

भक्तपुर न्यूज

२० मंसिर २०७४ १:५५

सञ्चयकोषले व्यक्तिगत बचतको सुविधा दिने

काठमाडौँ, २० मंसिर । कर्मचारी सञ्चयकोषले व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ । रकम जम्मा गर्नेको सङ्ख्या बढाउने लक्ष्यका साथ व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न पाउने योजना सञ्चयकोषले अगाडि सारेको हो । कोष सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ ।

कोषका निमित्त प्रशासक दीपक रौनियारले सञ्चालक समितिको बैठकले सो विषयमा आवश्यक निर्णय गरेपछि व्यक्तिगत रुपमा कोष जम्मा गर्न पाउने मार्ग प्रशस्त हुने जानकारी दिए । कोषमा हाल ६ लाखभन्दा बढीले कोष कट्टी गर्दै आएका छन् ।

स्वरोजगार, अनौपचारिक क्षेत्रमा काम गरिरहेका नागरिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत कोषमा सहभागी गराउने लक्ष्यका साथ नयाँ कार्ययोजना अगाडि ल्याउन लागिएको रौनियारको भनाइ छ । यसअघि नीजि क्षेत्रका संस्थाले पनि दश जनासम्मका कर्मचारीको रकम कोषमा जम्मा गर्दै आएका थिए । नयाँ व्यवस्थापछि व्यक्तिगत रुपमा रकम जम्मा गर्न सकिनेछ ।

नागरिक लगानी कोषले दिएजस्तै सुविधा कोषले पनि दिन लागेको हो । कोषको कूल बचत रकमलाई रु सात खर्ब पु¥याउने लक्ष्यका साथ अनौपचारिक क्षेत्रमा काम गर्नेलाई समेत सहभागी गराउन लागिएको निमित्त प्रशासक रौनियारले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *