बीमा कम्पनीहरु साढे ३ अर्बको हकप्रद निश्कासन गर्दै

भक्तपुर न्यूज

१९ मंसिर २०७४ २:१३

बीमा कम्पनीहरु साढे ३ अर्बको हकप्रद निश्कासन गर्दै

काठमाडौं, १९ मंसिर । बैंक तथा वित्तीय संस्थाहरुपछि अब बीमा कम्पनीहरुले हकप्रद सेयरको ‘बाढी’ ल्याउने भएका छन्। आगामी असार मसान्तसम्म चुक्ता पुँजी बढाउनुपर्ने बाध्यात्मक व्यवस्था भएपछि बीमा कम्पनीहरुलाई हकप्रदको चटारो परेको हो। जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्म २ अर्ब तथा निर्जीवनले १ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्नेगरी बीमा समितिले नयाँ व्यवस्था गरेको हो।

जुन व्यवस्थालाई पूरा गर्न कम्पनीहरुलाई सबैभन्दा सहजको बाटो हकप्रद निश्कासन बनेको छ। नेपाल धितोपत्र बोर्डमा हकप्रद जारी गर्नका लागि बीमा कम्पनीहरु लामबद्ध छन्। स्वीकृति लिनका लागि कतिपय कम्पनीहरु जाने तयारीमा छन् भने केही निवेदन दिएर पर्खाईमा बसेका छन्। नेपाल धितोपत्र बोर्डका अनुसार अहिले ३ अर्ब ४२ करोड ४७ लाख ३७ हजार १८५ रुपैयाँको हकप्रद सेयर जारी गर्नका लागि विभिन्न ६ कम्पनीहरुले आवेदन दिइसकेका छन्।

यी कम्पनीहरुले कुल ३ करोड ४२ लाख कित्ता बराबरको हकप्रद सेयर जारी गर्नेछन्। यीबाहेक अन्य कम्पनीहरु पनि बोर्डमा हकप्रदका लागि जाने तयारीमा छन्। एसियन लाइफ इन्स्योरेन्स, गुँरास लाइफ, एभरेष्ट इन्स्योरेन्स, प्राइम लाइफ, नेसनल लाइफ र नेको इन्स्योरेन्स धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाइमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *