दमननाथलाई बिजयी गराउन कानुन ब्यवसायीहरुले गरे आग्रह
भक्तपुर १७ मंसिर । भक्तपुर क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका उमेदवार दमननाथ ढुंगानालाई कानुन ब्यवसायीहरुले आशन्न निर्वाचनमा बिजयी गराउन आग्रह गरेका छन् ।
रफत सञ्चार क्लबमा आयोजित पत्रकार भेटघाटमा उनीहरुले कानुनका बिज्ञ र नेपालको शान्ति रुपान्तरणका एक अथक योद्धाका साथै संबिधानका जानकार, मानबअधिकारका बिषयमा पोख्त ढुगांनाका पक्षमा आफूहरुले खुलेर बोलको बताए । उनीहरुले नेपालको राजनीतिक अस्थिरताको अनत्यका लागि समेत उनले जित्नु पर्नेमा जोड दिए ।
लोकतन्त्रको रत्तसञ्चार भनेको निर्वाचन भएको र निर्वाचनमा त्यस्ता ब्यक्तिहरुले बिजय हासील गर्नु पर्छ जसरको रगत सुद्ध रहेको हुन्छ यस्तै ब्यक्ति मध्ये ढुंगाना एक भएकाले उनलाई भक्तपुर क्षेत्र नं २ का मतदाताले बिजय गराउनेमा जोड दिए ।
पूर्व महान्याधिवत्ता महादेव यादव, बरिष्ठ अधिवक्ता हरिहर दहाल , नेपाल बारका पूर्व महासचिव सुनिल पोखरेल र बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे लगाएतका वक्ताले वर्तमान परिस्थितिमा कानुन ब्यवसायिहरु प्रतिनिधिसभामा निर्वाचित हुनु अनिर्वाय भएकोमा जोड दिँदै संबिधानको प्रभावकारी कार्यान्वयनमा उनीहरुको भूमिका महत्वपूण रहेनमा जोड दिए । भक्तपुर लगाएत अन्य जिल्लाहरुमा पनि कानुन ब्यवसायीहरु निर्वाचनको प्रतिश्प्रधामा रहेको हुँदा मतदाताहरुले संबिधानको सफल कार्यान्वयनका लागि उनहीहरलाई समेत बिजयी गराउन आग्रह गरे ।