अमेरिकाले उत्तर कोरियालाई क्षेप्यास्त्र कार्यक्रमका लागि उक्साएको रुसको आरोप
एजेन्सी, १५ मंसिर । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले अमेरिकाले उत्तर कोरियालाई परमाणु क्षेप्यास्त्र कार्यक्रमका लागि उक्साएको गम्भीर आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघका निम्ति अमेरिकी राजदूतले उत्तर कोरियासंग सम्बन्ध विच्छेद गर्न गरेको आग्रहलाई उनले अस्वीकार गरेको जनाएका छन् ।
उनले भने रुस उत्तर कोरियासँग वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छ । आर्थिक प्रतिबन्धले उत्तर कोरियालाई मनाउन सघाउने काम गर्दैन ।
अमेरिकाले भने उत्तर कोरियाले परमाणु कार्यक्रम नरोके ठूलो क्षति व्यर्होनु पर्ने चेतावनी दिँदै आएको छ । वुधबारमात्रै उत्तर कोरियाले अहिले सम्मकै ठूलो बेलिस्टिक मिसाइल परिक्षण गरेको दावी गरेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४