सानिमा बैंकको शेयर बिक्रि समय आज अन्तिम
काठमाडौं, १५ मंसिर । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक र सानिमा क्यापिटल लिमिटेड योजनामा व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने सानिमा इक्वीटी फण्डले दश करोड बीस लाख कित्ता सेयर खरिद गर्ने म्याद आज शुक्रबार सम्म मात्र बाँकी छ ।
नेपाल धितोपत्र बोर्डमा दर्ता भई सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने सानिमा इक्वीटी फण्ड नामकप्रतिइकाई रु १० दरको १२,००,००,००० ९बाह्र करोड० इकाई अर्थात रु १ अर्ब २० करोड रुपैयाको ७ बर्षे बन्दमुखी यस योजनामाकुल ईकाईको एक करोड ८० लाख इकाई कोष प्रवर्धक सानिमा बैंक लि तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लि। लाई सुरक्षित राखीबाँकी दश करोड बीस लाख इकाईहरु मिति २०७४ मंसिर १२ गते मंगलबार देखी छिटोमा मंसिर १५ गते आज सम्ममा सर्वसाधारणमा सार्वजानिक निष्काशन तथा विक्री खुल्ला गरिएको बैंकले जनाएको छ ।
यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्यकुनै पनि बैंक तथावित्तीय संस्थाहरु मार्फत सहज ढङ्गले आवेदन दिन सकिने छ । योजनामा न्यूनतम १०० इकाई अर्थात रु १ हजारदेखि अधितकत २४ लाख ईकाई अर्थात २ करोड ४० लाख रुपैयासम्म लगानीगर्न सकिने छ ।
इकाई खरिदका लागी अधिक माग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम रु १ अर्व ५० करोड रुपैयासम्म पु¥याउन सकिने बैंकले जनाएको छ । सानिमा क्यापिटलको पृष्ठभुमि सानिमा बैकको शतप्रतिशत स्वामित्वमा स्थापित यस सानिमा क्यापिटल लिमिटेड धितोपत्रव्यबसायीको रुपमा नेपालधितोपत्रबोर्डबाट अनुमतिप्राप्त कम्पनीहो ।