६ वर्षमा ५५ हजार दुर्घटना, ११ हजार ८३४ को मृत्यु
काठमाडौ, १५ मंसिर । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार देशभर करिब २८ लाख सवारीसाधन दर्ता छन् । तर, २५ लाखले मात्र सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० लिएका छन् । करिब ३ लाख व्यक्तिले लाइसेन्सविना नै सवारी चलाइरहेका छन् ।
ट्राफिक प्रहरीका अनुसार लाइसेन्स नलिएका व्यक्तिले सवारी चलाएका कारण पनि दुर्घटना बढेकाबढ्यै छन् । ५ वर्षअघि सरकारले सवारी दुर्घटना आधा घटाउने नीति लिएको थियो । तर, पछिल्ला चार आर्थिक वर्षमा दुर्घटना र त्यसमा मृत्यु हुनेहरूको संख्या बढेको गृह मन्त्रालयको तथ्यांक छ ।
आर्थिक वर्ष ०७०(७१ मा आठ हजार ४ सय ६ दुर्घटना भए, जसमा एक हजार ७ सय ८७ जनाको मृत्यु भयो । आव ०७३(७४ मा १० हजार १ सय ७८ दुर्घटना भए, दुई हजार ३ सय ८४ को मृत्यु भयो ।
ठूला गाडीको लाइसेन्स वितरणमा सरकारबाट भएको कमजोरीका कारण राजमार्गमा दुर्घटना बढेको समितिको ठहर छ । आवश्यकताअनुसार ठूला गाडीको लाइसेन्स वितरण नहुँदा सहचालक र सिकारूले गाडी चलाउँदा दुर्घटना बढेको प्रतिवेदनमा उल्लेख छ ।
धेरैजसो दुर्घटना तीव्र गतिका कारण हुने भएकाले सार्वजनिक सवारीसाधनमा जिपिए नेभिगेसन राख्न समितिले सुझाब दिएको छ । ‘जिपिएस नेभिगेसन राख्दा कुन सवारीसाधन कहाँ छ भन्ने ट्राफिक प्रहरीलाई थाहा हुन्छ,’ सहसचिव विकेले भने, ‘यसले तीव्र गति नियन्त्रण गर्न सहज हुन्छ ।’