त्रिशूलीमा बस खस्यो, ६ काे मृत्यु

भक्तपुर न्यूज

१३ मंसिर २०७४ ६:४३

त्रिशूलीमा बस खस्यो, ६ काे मृत्यु

काठमाडौं, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । यस्तै २१ जना घाइते भएका छन् ।
लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खस्दा चार पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । उनीहरू कसैको पनि सनाखत हुन सकेको छैन ।
घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौं र अन्यलाई भरतपुरतर्फ पठाइएको उनले जानकारी दिए ।
बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौंतर्फ पर्छ ।
प्रहरीका अनुसार, काठमाडौंंबाट बिहान ५ः४० बजे हिँडेको बस काठमाडौँंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *