उदयपुरमा बम विस्फोट : कांग्रेस उम्मेदवार कार्कीसहित ६ घाइते

भक्तपुर न्यूज

१३ मंसिर २०७४ ६:३२

उदयपुरमा बम विस्फोट : कांग्रेस उम्मेदवार कार्कीसहित ६ घाइते

उदयपुर, १३ मंसिर । उदयपुरमा आज बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित छ जना घाइते भएका छन् । उदयपुरको दनुवारबेसीमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोटमा परि प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित ६ जना घाइते भएका हुन् ।
उनको चुनाव प्रचारमा प्रयोग भएको बा १५ च ७८०६ नम्बरको गाडीलाई लक्षित गरी बम विस्फोट भएको हो । विस्फोटमा परि घाइते भएका कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए ।
यस्तै बिस्फोटमा परी कांग्रेस कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र गाडी चालक राजन कार्की तथा प्रहरी हबलदार कृष्ण श्रेष्ठ र प्रहरी जवान कालिदास श्रेष्ठ घाइते भएका छन् । घाइतेलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याउने तयारी भएको छ ।
चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *