‘अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने मिसाइल बनायौँ’ -उत्तर कोरिया

भक्तपुर न्यूज

१३ मंसिर २०७४ ६:२३

‘अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने मिसाइल बनायौँ’ -उत्तर कोरिया

एजेन्सी, १३ मंसिर । उत्तर कोरियाले नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको सफल परीक्षण जनाएको छ । उत्तर कोरियाले बुधबार अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । एउटा नयाँ क्षेप्यास्त्र परीक्षणपछि उत्तर कोरियाले अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हासिल गरेको जनाएको छ ।
‘सी अफ जापान’मा खस्नुअघि एक हजार किलोमिटर मात्र यात्रा गरेको उक्त क्षेप्यास्त्रले तय गरेको उचाइले वाशिङटनलाई पनि क्षेप्यास्त्र हमलाको दायराभित्र पार्नसक्ने बलियो संकेत दिएको विज्ञहरुले बताएका छन् ।
दुई महिनायता पहिलो पटक गरिएको सो क्षेप्यास्त्र परीक्षणले राष्ट्रपति ट्रम्पले हालैको एशिया भ्रमणका क्रममा दिएका चेतावनी र आफ्नो साझेदार चीनले बढाएको दबावबाट प्योङयाङले नतर्सेको सन्देश दिन खोजको ठानिएको छ ।
विगतमा प्योङयाङले ‘आगो र क्रोध’को सामना गर्नुपर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘अहिलेको अवस्थाको हामी सामना गर्न सक्छौँ,” भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *