सेनाको गाडी दुर्घटना हुँदा १४ घाइते
अछाम, १३ मंसिर । नेपाली सेनाको गाडी मंगलबार साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो । गुड्दै गरेको गाडीमा ‘ब्रेकफेल’ भएपछि गाडी दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी घाइेत भएकाहरुलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
