काँग्रेस उम्मेदवार ढुंगानालाई लक्षित गर्दै बम बिस्फोट
भक्तपुर, १३ मंसिर । भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका २ बालकोट स्थित रोज भिलेज हाउजिङगको खाली जग्गामा अज्ञात समूहले गएराती प्रेसरकुकर बम विस्फोट गराएको छ ।
विस्फोट नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका उमेदवार दमननाथ ढुंगानालाई लक्षित गरि बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । ढुंगाना सोही रोज भिलेजमा बस्ने गरेका छन् । बिस्फोटबाट कुनै पनि मानवीय र भौतिक क्ष्ाित नभएको प्रहरीले जानकारी दिएको छ । ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
