आङ सान सूचीलाई दिइएको सम्मान फिर्ता
एजेन्सी, १२ मंसिर । म्यानमारकी नेतृ आङ सान सूचीलाई दिइएको ’फ्रीडम अफ द इंग्लिस सिटी अफ अक्सफोर्ड’ सम्मान फिर्ता लिइएको छ । म्यानमारका अल्पसंख्यक रोहिंज्यामाथिको दमनबारे सू चीले कुनै कदम नचालेको भन्दै उक्त सम्मान फिर्ता लिइएको हो ।
सन् १९६० को दशकमा उनले अक्सफोर्ड विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन् । सम्मान फिर्तासँगै विश्वविद्यालयका काउन्सिलरले म्यानमारका अल्पसंख्यक रोहिंज्यामाथिको दमनबारे सू चीले कुनै कदम नचालेको भन्दै हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन् ।
यसअघि प्रसिद्ध अक्सफर्ड विश्वविद्यालयको सेन्ट ह्युज कलेजले सूचीको तस्वीर कलेजबाट हटाइसकेको छ । संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले मुस्लिम रोहिंज्यामाथि गरेको व्यवहारलाई ’पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहार’ भन्दै आएको छ । तर सूचीले त्यो अस्वीकार गर्दै आएकी छिन् ।
गत अगष्ट महिनायता ६ लाखभन्दा बढी रोहिंज्या मुस्लिमहरु म्यानमारबाट भागेर बंगलादेश पुगेका छन् । पछिल्लो समय कतिपयले सूचीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठदै आएको छ ।