ऋचाको अभिव्यक्तिप्रति ‘छक्का पन्जा’ टीम आक्रोशित
काठमाडौं, ११ मंसिर । नायिका ऋचा शर्माको एक अभिव्यक्ति ले यतिबेला चलचित्र क्षेत्र तरंगीत बनेको छ । फिल्ममा आफूले निर्वाहा गरेको भूमिकाका कारण प्रायः चर्चामा रहने नायिका शर्माको एक अभिव्यक्तिले यतिबेला चलचित्र क्षेत्र तरंगीत बनेको हो ।
केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘छक्का पन्जा’ हेर्ने दर्शक ‘मूर्ख हुन’ भन्ने खालको दिएपछि कलाकार दीपकराज गिरी र दीपश्री निरौला आक्रोशित भएका छन् । त्यो अभिव्यक्तिले उनलाई विवादमा तानेको छ ।
ऋचाले भनेकी छिन्(‘चलचित्रको एक दृश्यमा महिलालाई दैनिक पिट्न पाउनुपर्छ भनिएको छ । यही दृश्यमा दर्शक हाँसेका छन् र ताली बजाएका छन् । मैले चलचित्रको ब्रेकमा दीपा जीलाई के हो दिदी यस्तो भनेर सोधे । उहाँले दोश्रो हाफ पनि हेरन भन्नुभयो । हलमा महिलाको वेइज्जत हुँदा दर्शक हाँसेको र ताली बजाएको देख्दा रिस पनि उठिरहेको थियो ।’ उनले आफूले निर्माण र अभिनय गरेको फिल्म ‘आधा लभ’ले ५ गम्भीर विषयलाई उठान गरेको भएपनि हलमा ५ दिन पनि नटिकेको बताएकी छिन् ।
कलाकार दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्द्रै ऋचाको यो भनाईप्रति चोटिलो प्रहार गरेका छन्, ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलार्इ मूर्ख भन्नु भएछ ।’ “प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपार्इका फिल्मले कहिल्यै दर्शक पाएनन्।।।” ‘गेट वेल सुन’ ।
यो स्टाटस निर्देशक दीपाश्री निरौला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारीले पनि शेयर गर्दै ऋचाको भनाइप्रति आपत्ति जनाएका छन् । ऋचाको एउटा भनाइले अहिले सामाजिक संजाल, चलचित्र क्षेत्र र मिडिया तताएको छ । तर ‘छक्का पन्जा’ टिमको स्टाटसमा नायिका शर्माले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।