तीन दिनका लागि हुम्लाको हिल्सा नाका बन्द

भक्तपुर न्यूज

८ मंसिर २०७४ ६:४१

तीन दिनका लागि हुम्लाको हिल्सा नाका बन्द

हुम्ला, ८ मंसिर । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि गएराति १२ बजेदेखि हिल्सा नाका बन्द भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा अगाडि नै सीमा नाका बन्द गर्नु पर्ने भएकाले हिजो राति १२ देखि मंसिर १० गते राति १२ बजेसम्म हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।
चुनावको समयमा नाकाबाट बाहिरी मान्छेको आगमन भएर सुरक्षा चुनौती थपिने भएकाले नाका बन्द गरिएको उनले बताए । उनका अनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।
हुम्ला जिल्लाको सुरक्षा संयन्त्र कडा बनाइएको र निर्वाचनमा मतदाताले ढुक्कसँग मतदान स्थलमा आएर मतदान गर्न सक्ने प्रजिअ बाँस्कोटाले बताए ।
जिल्लाका १५ वटा मतदान स्थल अतिसंवेदनशील, १६ वटा संवेदनशील र २१ वटा सामान्य रहेका छन् । मतदान स्थलहरुमा सुरक्षाकर्मी पनि खटिसकेको र मोबाइल टोली पनि व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *