मलेसियालाई जित्नैपर्ने दबाबमा नेपाल
काठमाडौं, ८ मंसिर । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपालले मलेसियाको सामना गर्दैछ ।
अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना जीवित राख्न नेपालले आजको खेल जित्नैपर्ने छ । समूहको पहिलो र दोस्रो खेलमा बर्षाका कारण अंक बाँड्न बाध्य भएपछि नेपालको यात्रा कमजोर बनेको थियो । तेस्रो खेलमा हिजो युएईसँग ५ रनले पराजित भएपछि नेपालले आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।
हिजो भएको तेस्रो खेलमा युएईले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रनमात्र जोड्न सक्यो ।
शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२