मतदान हुने दिन सार्वजनिक बिदा, शैक्षिक संस्थामा भने चार दिन विदा

भक्तपुर न्यूज

७ मंसिर २०७४ ६:०८

मतदान हुने दिन सार्वजनिक बिदा, शैक्षिक संस्थामा भने चार दिन विदा

काठमाडौं, ७ मंसिर । सरकारले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हुने दिन सम्बन्धित क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर १० गते ३२ जिल्लामा र २१ गते ४५ जिल्लामा सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।


त्यस्तै निर्वाचन हुने सम्बन्धित जिल्लाका शैक्षिक संस्थामा भने चार दिन विदा दिने निर्णय भएको छ । अधिकांश मतदान केन्द्र स्कुल तथा कलेजमा स्थापना भएकाले चार दिन विदा दिने निर्णय भएको जनाइएको छ ।
गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा भोलिबाट आइतवारसम्म र दोस्रो चरणमा निर्वाचन हुने बाँकी ४५ जिल्लामा मंसिर १८ गतेदेखि मतदानको दिन मंसिर २१ गतेसम्म शैक्षिक संस्थामा विदा दिने निर्णय भएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *