निर्वाचनका लागि झण्डै २० अर्ब रुपियाँ निकासा

भक्तपुर न्यूज

७ मंसिर २०७४ ५:५७

निर्वाचनका लागि झण्डै २० अर्ब रुपियाँ निकासा

काठमाडौं, ७ मंसिर । अर्थमन्त्रालयले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा निकाय र निर्वाचन आयोगलाई झण्डै २० अर्ब रुपियाँ उपलब्ध गरार्इ सकिएको जनाएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेल भन्छन्, निर्वाचन आयोगलाई १० अर्ब, सुरक्षातर्फ गृह मन्त्रालयलाई ९ अर्ब र नेपाली सेनालाई ८४ करोड निकासा भएको छ ।
मन्त्रालयबाट निर्वाचन आयोगले सबैभन्दा बढी अर्थात् १० अर्ब रुपियाँ निकासा पाएको छ । त्यस्तै गृहमन्त्रालयले मतपेटिका ढुवानी र सुरक्षाका लागि ९ अर्ब रुपियाँ निकासा पाएको भएपनि रकम अपर्याप्त हुनसक्ने भन्दै थप बजेट माग्ने तयारी गरेको छ ।
कतिपय विज्ञहरुले चाहिँ चुनावी खर्च निकै महंगिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कति रकम अपुग हुन्छ भनेर हामी हिसाब लिइरहेका छौं । सबै रकम जोडेर फेरि अर्थ मन्त्रालयलाई पठाउने गृह मन्त्रालयका प्रवत्ता
नारायण शर्मा दुवाडीले बताए ।
नेपाल प्रहरीलाई झन्डै ३ अर्ब रुपियाँ, म्यादी प्रहरीलाई ५ अर्ब रुपियाँ भन्दा बढी, सशस्त्र प्रहरीलाई सवा १ अर्ब रुपियाँ तथा अनुसन्धान अधिकारीहरुलाई ४ करोड उपलब्ध गराइएको बताइएको मन्त्रालयले जनाएको छ । बाँकी रकम मतपत्रको ढुवानी र प्रशासनिक काममा खर्च भएको अधिकारीहरु बताउँछन्।
यद्यपी निर्वाचन सम्पन्न गर्नका लागि उक्त बजेट पर्याप्त नहुने भन्दै थप रकम माग गर्न लागिएको गृह प्रवक्ता दुवाडीले बताए ।
उनले भने, यति रकमले पुग्दैन । जिल्ला जिल्लाबाट यति मतपत्र ढुवानीको लागि बजेट पुग्दैन भनिरहेका छन् । कति रकम अपुग हुन्छ भनेर हामी हिसाब लिर्इरहेका छौं । सबै रकम जोडेर फेरि अर्थ मन्त्रालयलाई पठाउछौं ।
कतिपयले भने चुनाव सञ्चालन खर्च निकै बढेको र सरकारी निकायहरु मितव्ययी बन्न नसकिरहेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *