युएईविरुद्धको खेलका लागि २० खेलाडी छनोट

भक्तपुर न्यूज

६ मंसिर २०७४ ९:२१

युएईविरुद्धको खेलका लागि २० खेलाडी छनोट

काठमाडौं, ६ मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यूएईबिरुद्ध हुने खेलका लागि नेपालले २० खेलाडी छनोट गरेको छ । च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको खेलका लागि यस अघि छनौट भएका २८ खेलाडी मध्ये बाट बन्द प्रशिक्षणमा गरेको प्रदर्शनको आधारमा अन्तिम २० खेलाडीको टुंगो लागेको हो ।
आइसीसीका प्रतिनिधि इस्लाम, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले खेलाडी चयन गरेको हो ।
को को परे अन्तिम २० मा ?
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दीलिप नाथ, हसिम अन्सारी, शक्ति गौचन, सिद्धान्त लोहनी र अनिलकुमार साह ।
अन्तिम २० पर्न नसकेका खेलाडी
सुसन भारी, नरेश बुढाऐर, सौरभ खनाल, अनिल मण्डल, विक्रम शोव, सुनील धमला, मोहम्मद आसिफ शेख र रोहितकुमार पौडेल ।
च्याम्पियनसिपको अन्तिम चरणको खेलमा नेपालले युएईसँग उसैको मैदानमा आगामी डिसेम्बरमा दुई खेल खेल्नेछ । नेपाल र युएईबिचको खेल ६ डिसेम्बर र ८ डिसेम्बरमा हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *