म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै
एजेन्सी, ३ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई २–० ले हराउँदै सिटीले ८ अंकको अग्रता कायम राख्दै शीर्ष स्थानमा रहेको हो ।
म्यानचेस्टर सिटीका लागि गाब्रिएल जिसस र केविन डि ब्राउनले गोल गरे ।
जितपछि शीर्ष स्थानको सिटीको १२ खेलबाट ३४ अंक भएको छ र सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा ८ अंकले अघि रहेको छ ।
राति नै भएको खेलमा न्युक्यासललाई ४–१ ले हराएको युनाइटेडको २६ अंक छ । राति नै भएका अरु खेलमा बर्नलीले स्वान्सी सिटीलाई २–० ले हरायो भने क्रिष्टल प्यालेस र एभर्टनले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८