चेल्सी तेस्रो स्थानमा उक्लियो
एजेन्सी, ३ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई ४–० ले हराएको हो ।
चेल्सीका लागि इडन हजार्डले दुई तथा अल्भारो मोराटा र मार्कस एलोन्सोले एक एक गोल गरे ।
जितपछि टोटनह्यामलाई पछि पार्दै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको १२ खेलबाट २५ अंक भएको छ । चेल्सी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले पछि छ भने चौथो स्थानमा झरेको टोटनह्याम भन्दा दुई अंकले अघि रहेको छ ।
राति नै भएको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० ले हरायो । लिभरपुलका लागि मोहम्मद सालहले दुई तथा फिलिप कोन्टिन्होले एक गोल गरे । जितपछि पाँचौं स्थानको लिभरपुलको १२ खेलबाट २२ अंक भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६