यमनमाथि साउदी अरेबियाको प्रतिबन्धः मानवीय सहायता पुर्‍याउन कठिन भएको राष्ट्रसंघको भनाई

भक्तपुर न्यूज

२२ कार्तिक २०७४ ६:४१

यमनमाथि साउदी अरेबियाको प्रतिबन्धः मानवीय सहायता पुर्‍याउन कठिन भएको राष्ट्रसंघको भनाई

एजेन्सी, २२ कार्तिक । साउदी अरेबियाले छिमेकी देश यमनसँगको कुटनीतिक सम्बन्ध तोड्दै सबै मार्ग बन्द गरेको घोषणा गरेको छ । यसले युद्ध प्रभावित यमनका विभिन्न शहरमा मानवीय सहायता पुर्‍याउन असजिलो भएको सहयोगी संस्थाले बताएका छन् ।
इरानबाट यमनका बिद्रोहीलाई हातहतियार आपूर्ति हुने गरेको भन्दै साउदी अरेबियाले यमनसँगको सम्बन्ध तोड्दै स्थल, जल तथा हवाई मार्ग समेत बन्द गरेको हो । यसले सहयोगको भरमा जीवन बिताउँदै आएका युद्ध प्रभावित यमनी शहरका लाखौं बासिन्दाको अवस्था भने चिन्ताजन भएको संयुक्त राष्ट्रसंघ तथा रेडक्रसले जनाएका छन् ।
इरानले प्रत्येक्ष सैन्य गतिविधि पनि सञ्चालन गरिहेको साउदी अरेबियाको आरोप छ । शनिबार एक ब्यालेस्टिक मिसाइल साउदी अरेबियाको राजधानी नजिक रोकिएको र त्यो मिसाइल इरानले यमन पठाउँदै गरेको साउदी अरेबियाको दाबी छ । साउदीका युवराज मोहम्मद बिन सलमानले बिद्रोहीलाई रकेटसहितका हतियार प्रदान गर्नु युद्ध कार्य हुने बताएका छन् ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हेलेले शनिबार रोकिएका मिसाइल तथा अरु हतियार इरानको रहेको हुन सक्ने बताए । इरानले राष्ट्रसंघीय नियमको उल्लंघन गरेको उनको दाबी छ ।
तर साउदीले यमनमाथि लगाएको प्रतिबन्धका कारण भने समस्या रहेका सर्वसाधारण नागरिक मर्कामा परेको भन्दै संयुक्त राष्ट्रसंघसहितका सहयोगी निकायले जीवन रक्षाका लागि आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *