पूर्वसभामुख दमननाथ बने भक्तपुर २ मा कांग्रेस उम्मेदवार
काठमाडौं १६ कात्तिक । नेपाली कांग्रेसले भक्तपुर २ मा प्रतिनिधिसभा सदस्यमा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि यसमा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको असहमति देखिएको छ ।
कांग्रेस संसदीय समितिले ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ढुंगाना ०४८ मा काठमाडौं २ बाट जितेका थिए । त्यसबेला पनि उनले वाम गठबन्धनका मल्लके सुन्दरलाई हराएका थिए । मल्लके सन्दुरलाई एमालेको पनि समर्थन थियो ।
०५१ मा भने ढुंगाना विद्या भण्डारीसँग पराजित भए । त्यसपछि ढुंगाना संक्रिय राजनीतिमा रहेनन् । ढुंगाना झण्डै २३ वर्षपछि चुनावी मैदानमा उत्रिएका छन् । उनको प्रतिस्पर्धा एमालेका युवा नेता महेश बस्नेतसँग हुनेछ, जसलाई माओवादीको समर्थन छ ।
कांग्रेसले भक्तपुर १ मा बाबुराजा जोशीलाई उम्मेदवार बनाएको छ । प्रदेशसभातर्फ ‘क’ मा जीवन खत्री र खमा अनिल भुजुले टिकट पाएका छन् भने २ को ‘क’मा दुर्लभ थापा र खमा गणेशमान चत्रचरलाई उम्मेदवार बनाइएको छ ।