‘आचार संहिता पत्रकारिता क्षेत्रको गहना’

भक्तपुर न्यूज

१४ कार्तिक २०७४ ७:३३

‘आचार संहिता पत्रकारिता क्षेत्रको गहना’

भक्तपुर, १४ कार्तिक । पत्रकार आचार संहिता जागरण अभियान बिषयक मिडिया संवाद कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संयोजनमा भएको कार्यक्रममा बोल्दै भक्तपुरका जिल्ला न्यायाधिस भोजराज शर्माले पत्रकार आचार संहिताले पत्रकार र आमसंचारमाध्यमलाई प्रेस स्वतन्त्रताको सदुपयोग गर्न जिम्मेवार र उत्तरदायी बनाउन पर्ने बताए । उनले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका बेला आम संचार माध्यमले निर्वाचन सम्बन्धी शिक्षामुलक समाचार र सुचनालाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।
उनले सुचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रुपमा सम्प्रेषण गर्नुपर्नेमा जोड दिंदै पेशागत आचरण एबं मान्यता बिपरीत हुने काम कारवाही गर्न नहुने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य गोबिन्द चौलागाईं, प्रेस काउन्सिलका अर्का सदस्य चेतनाथ धमला, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलीप थापा मगर, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले पत्रकारिता र पत्रकार आचारसंहिता कार्यान्वयनको अबस्था बारे चर्चा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *