कांग्रेसका २२ केन्द्रीय नेताको उम्मेदवारी टुंगियो, को कहाँ ? (सूचीसहित)
काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ ।कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा हिजो बसेको संसदीय समितिको बैठकले शीर्षसहित २२ नेताको उम्मेदवारी टुंगो लगाएको हो ।
संसदीय समितिमा भएको सहमति अनुसार सभापति शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्ने टुंगो लागेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ एकबाट निर्वाचन लड्ने भएका छन् ।
त्यस्तै महामन्त्री डा शशाङ्क कोइराला नवलपुर क्षेत्र नं १, नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं २, विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ र विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवार बनेका छन् ।
यसैगरी, डा शेखर कोइराला मोरङ क्षेत्र नं ६, नवीन्द्रराज जोशी काठमाडौँ क्षेत्र नंं ८, गगनकुमार थापा काठमाडौँ क्षेत्र नं ४, रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३, नारायणबहादुर कार्की उदयपुर क्षेत्र नं २, पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं १, महेश आचार्य मोरङ क्षेत्र नं ४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं ४, रमेश रिजाल पर्सा क्षेत्र नं ४, डा प्रकाशशरण महत काठमाडौं क्षेत्र नं ५, डा नारायण खड्का उदयपुर क्षेत्र नं १, डा मीनेन्द्र रिजाल मोरङ क्षेत्र नं २ बाट उम्मेदवार बनेका छन् ।